चुनावमा सेना परिचालनको निर्णय


२ कार्तिक २०७४, बिहीबार
nepal army to look after modis security

काठमाडाैं : निर्वाचन सार्न लागेको भन्ने विपक्षी दलको आरोप खेपेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रिय सुरक्षा परिषदको बैठक डाकेर निर्वाचनको समयमा पुरानै शैलीमा सेना परिचालन गर्ने निर्णय गराएका छन । बैठकले आसन्न संघ (प्रतिनिधी सभा) र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक पर्ने सुरक्षा समन्वय गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।nepal army to look after modis security

राष्ट्रिय सुरक्षा परिषदले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पुरानै मोडल ९यसअघिकै शैलीमा० सेना परिचालन गर्न सिफारिस गरेको छ । यो बैठकमा भएको निर्णयले निर्वाचन समयमा हुनेमा रहेको आंशकालाई चिरेको एक सदस्यले बताए । ‘सुरक्षा परिषदको बैठकमा आगामी निर्वाचनको सुरक्षा बारेमा छलफल भयो,’ रक्षामन्त्री भीमसेनदास प्रधानले भने ‘सरकार समयमा निर्वाचन गराउन कटिबद्ध रहेको दरिलो उदाहरण पनि हो । यसअघि स्थानीय तहमा परिचालन भएझैं सेनाले सुरक्षाको तेस्रो घेरा सम्हाल्ने छ । स्थानीय तहको तीन चरणको निर्वाचनमा झैं पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल र तेस्रोमा नेपाली सेना परिचालन हुनेछ ।’

सेनालाई आवश्यक गस्ती र मतपेटिकाको सुरक्षा र सुरक्षीत स्थानमा पुर्‍याउने कामसमेतको जिम्मेवारी तोकिएको उनले बताए । प्रधानमन्त्रीको अध्यक्षता रहने परिषदमा रक्षा, गृह, अर्थ, परराष्ट्रमन्त्री मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने परिषदको सदस्य सचिवका रुपमा रक्षासचिव रहन्छन् ।

बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रक्षामन्त्री प्रधान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको उपस्थिति रहेको मुख्य सचिव राजेन्द्रकिश्वर क्षेत्रीले बताए । गृह र परराष्ट्र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेकाले अर्थ र रक्षामन्त्रीको मात्र उपस्थिती रहेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको परिषदो बैठक आगामी निर्वाचनको विषयमा नै केन्द्रित रहेको मुख्य सचिव क्षेत्रीले बताउदै भने, ‘पछिल्लो सुरक्षा अवस्था र निर्वाचनमा अपनाउनुपर्ने शतर्कताको बारेमा समेत विश्लेषण भएको थियो ।’

 –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७