बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु


१० पुष २०७९, आईतवार
gathabandhan new pic
फाइल फोटो

काठमाडौं । नयाँ सरकार गठनको समय घर्किदै गइरहेका बेला सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै बैठक शुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

गठबन्धनको बैठकअघि देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको थियो । नयाँ सरकारको पहिलो प्रधानमन्त्री को भन्ने विषयमा सहमति जुट्न नसकेपछि शनिबार साँझको सत्ता गठबन्धन बैठक बिना निष्कर्ष टुङ्गिएको थियो ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज (आइतबार) साँझ सकिने भएका कारण बिहानैदेखि दलहरु आन्तरिक तयारीमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आफ्ना विश्वासपात्रहरुलाई बोलाएर विकल्पबारे छलफल गरिरहेका छन् । देउवा र प्रचण्डले गठबन्धन बैठकअघि शीर्ष तहका नेताहरुसँग समेत छलफल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७