पाकिस्तानमा सार्वजनिक जमघट र सभामा प्रतिबन्ध


१० पुष २०७९, आईतवार
pakistan NFEW7Ff1pv

इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती हमलापछि दुई हप्ताका लागि सबै सार्वजनिक जमघट र सभाहरूमा प्रतिबन्ध लगाइएको छ । शुक्रबार भएको आत्मघाती हमलामा एक प्रहरी अधिकारी र पाकिस्तानी तालिबानका दुई लडाकुको मृत्यु भएको थियो ।

हालैका सल्लाह र कानुन प्रवर्तन निकायहरूले जारी गरेको खतरा सतर्कता र प्रहरीमाथि भएको हमलाको सन्दर्भमा राजधानी इस्लामावादमा सबै प्रकारका सभा, भेला र मण्डलीहरू आयोजना गर्न दुई साताको लागि प्रतिबन्ध लगाइने इस्लामाबादस्थित डिप्टी कमिसनर इरफान नवाज मेमनको कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

उक्त हमलापछि इस्लामावादको सुरक्षा सतर्कता बढाइएको छ । त्यस्तै डिसेम्बर ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि सार्वजनिक स्थलमा राजनीतिक सभा गर्न पनि रोक लगाइएको छ । यसैबीच, पाकिस्तानी तालिबान समेत भनिने तेहरिक–इ–तालिबान पाकिस्तान (टीटीपी) ले आत्मघाती हमलाको जिम्मा लिएको छ । प्रहरीले हमलाका सन्दिग्ध एक पुरुष र महिलाको खोजी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७