रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने

सरकारमा सहभागी हुने निर्णयप्रति केन्द्रीय सदस्य कार्कीको असहमति


११ पुष २०७९, सोमबार
rabi lamichhane 1

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ ।
पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिए ।

तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको छ । रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठूलो दल हो ।
सरकारमा सहभागी हुने निर्णयप्रति केन्द्रीय सदस्य कार्कीको असहमति
यसैबीच प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीको उक्त निर्णयप्रति असहमति जनाएका छन् ।

हिजो आइतबार मात्र रास्वपा समेत ७ दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् । सात दलका १६६ र र ३ स्वतन्त्र गरी उनलाई १६९ सांसदको समर्थन छ । प्रचण्डको नेतृत्वको सरकारलाई समर्थन गरेसँगै रास्वपा पनि सरकारमा सहभागी हुने तयारी छ । तर उक्त निर्णयप्रति रास्वपाका केन्द्रीय सदस्य कार्कीले असहमति जनाएका हुन् ।

पार्टीलाई पठाएको असहमति पत्रमा केन्द्रीय सदस्य कार्कीले लेखेका छन्, ‘सत्ता स्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर ‘जुन जोगी आए पनि कानै चिरेको’ भनेर आमनागरिकहरूको निराश मनस्थितिमा हामी अलग छौँ, अलग रहनेछौँ र अलग गर्नेछौँ भनेर मत मागेका थियौँ। चुनावको परिणाम आउँदै गर्दा हतार हतारमा हामी पनि उनीहरु जस्तै छौं भन्न ‘आफ्नै कान किन आफैले चिर्न थाल्यौं ?’ यो प्रश्नको जवाफ मसँग छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७