संसद भवनमा सात दलकाे बैठक शुरू


११ पुष २०७९, सोमबार
gathabandhan news

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन समर्थन गरेका सात दलको सत्ता गठबन्धनको बैठक शुरू भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा मन्त्रिपरिषद गठन र भागबण्डाको विषयमा छलफल हुँदैछ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष सिके राउत, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेता सहभागी छन् ।

gathapandan new 1

नव नियुक्त प्रधानमन्त्री दाहालले आफ्नो सपथ ग्रहण लगत्तै केही मन्त्रीहरुलाई पनि सपथ गराउने तयारी गरेका हुन् । त्यसका लागि गठबन्धनमा छलफलमा जुटेका हुन् । सबै भागबण्डाको विषय तत्कालै टुंगिन सम्भव नभए पनि सोमबार सपथ लिने मन्त्रीहरुको विषयमा सहमति जुटाउने बुझिएको छ । सोमबार अपरान्ह ४ बजे दाहालसहित केही मन्त्रीहरूले राष्ट्रपति निवासमा शपथ लिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७