तपाईलाई थाहा छ ? यि हुन् आइपिएलका ८ रोचक तथ्य


४ बैशाख २०७५, मंगलवार
ipl 1

काठमाडौं, ४ बैसाख : सबैभन्दा ठूलो बजेटको क्रिकेट लिग आइपिएल चलिरहेको छ । यो लिगमा विभिन्न रेकर्डहरु पनि बनिरहेका छन् । नयाँ रेकर्डहरु बन्ने क्रम जारी छ । तर केही पुराना रेकर्डहरु पनि छन् जो तोड्न सकिएका छैनन् ।ipl 1

१) आइपिएल खेल्ने खेलाडी पियुष चावलाको नाममा निकै अनौठो रेकर्ड छ । यी बलरले ८ वर्षको आफ्नो आइपिएल करिअरमा ३६० ओभर बलिङ गरेका छन् जसमा उनले एउटा पनि नो बल फालेका छैनन् ।

२) आफ्नो बलमा सबैभन्दा धेरै छक्का खाने बलर पनि पियुष चावला नै हुन् । यिनले आइपिएलमा अहिलेसम्म सबैभन्दा बढी १०० भन्दा धेरै छक्का खाएका छन् ।

३) आइपिएलमा सबैभन्दा धेरै अर्धशतक प्रहार गर्ने खेलाडी गौतम गम्भीर हुन् । रोचक त के भने सबैभन्दा धेरै पटक शून्यमा आउट हुने खेलाडीको लिस्टमा पनि उनी तेस्रो स्थानमा छन् ।

४) आइपिएलमा सबैभन्दा धेरै टिमबाट खेल्ने अ‍ेलाडी एरोन फिन्च हुन् । उनले अहिलेसम्म आइपिएलमा सबैभन्दा बढी ७ टिमबाट खेलेका छन् ।

५) अशोक डिण्डाले आइपिएलमा ४ टिमबाट खेलेका छन् । उनी खेल्दा उनको टिम कहिल्यै पनि आइपिएलको फाइनलसम्म पुग्न सकेको छैन ।

६) रबिन उथप्पा र मनिष पाण्डेले ८ वर्षसम्म आइपिएलका ४ अलग अलग टिमबाट खेलेका छन् । तर, उनीहरु कहिल्यै पनि दुई फरक टिमबाट खेलेनन् । एउटा जुन टिमबाट खेल्यो अर्को पनि त्यही टिमबाट खेले ।

७) २०१३ को आइपिएलमा डेल स्टेनले २१२ डट बल फालेका थिए । यो आइपिएल इतिहासमै एक सिजनमा एक बलरले फालेको सबैभन्दा बडी डट बल हो ।

८) आफ्नो आइपिएल करिअरको पहिलो बलमै विकेट लिने खेलाडी अस्ट्रेलियाका एडम गिलक्रिस्ट हुन् । उनले २०१३ मा मुम्बइ इण्डियन्सविरुद्ध अन्तिम ओभरमा बलिङ गर्न आएर एकमात्र बल फाले । जुन बलमा हरभजन सिंह आउट भएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७