राजेन्द्र लिङदेन भन्छन्, ‘आज ५–७ सदस्यीय मन्त्रिपरिषद् गठन हुनेछ’


११ पुष २०७९, सोमबार
rajendra lingden 1

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आज (सोमबार) ५ देखि ७ जनाको मन्त्रिपरिषद् गठन हुने बताएका छन् । सत्ता गठबन्धनको जारी बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘आज ५ देखि ७ जनासम्मको मन्त्रिपरिषद् गठन हुन्छ ।’

उनले आफ्नो पार्टी भने सरकारमा नजाने स्पष्ट पारे । सरकार बाहिर बसेर नै राप्रपाले सरकारलाई समर्थन गर्ने उनले स्पष्ट पारे । संघीय संसद् भवन नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७