चीनमा युवा बेरोजगार दर बढेको–बढ्यै


१२ पुष २०७९, मंगलवार
china job

काठमाडौं । हाल चीनमा १६ देखि २४ वर्ष उमेरका करिब दुई करोड मानिसहरू विभिन्न सहरमा बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

सीएनएनले हालै त्यसबारे अध्ययन गरेको थियो । आधिकारिक तथ्याङ्क अनुसार चीनको सहरी युवा जनसंख्या एक करोड ७० लाख छ । तथ्याङ्कमा ग्रामीण बेरोजगारी समावेश छैन ।

द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ, । युवा बेरोजगारी दर मार्चमा १५.३ प्रतिशतबाट बढेर अप्रिलमा १८.२ प्रतिशतमा पुगेको छ । अर्को केही महिनासम्म निरन्तर बढ्दै जुलाईमा १९.९ प्रतिशतमा पुगेको थियो । अगस्टमा यो दर थोरै घटेर १८.७ प्रतिशतमा झरेको थियो । तर , बेरोजगार दर अझै पनि अहिलेसम्मकै उच्च रहेको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ ।

कोभिडका कारण सिर्जित बेरोजगारीका कारण हरेक पाँचमध्ये एक जना सक्षम चिनियाँ कामबाट वञ्चित छन् । चीनमा सञ्चालित शीर्ष कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई निकाल्दा देशले आर्थिक गिरावटको सामना गरिरहेको छ । एनडीटीभी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७