अखिलको देशव्यापी अभियान : एक सदस्य, एक विद्यार्थी भर्ना


४ बैशाख २०७५, मंगलवार
Aneraswobiu fNKeYwrzUZ

काठमाडौं, ४ बैसाख : नेकपा एमाले निकट अनेरास्ववियुले सामुदायिक विद्यालयमा एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ । Aneraswobiu fNKeYwrzUZ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पुर्याउन यही वैशाख ५ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न थालिएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए । अभियान सञ्चालन गर्नका लागि अनेरास्ववियुका उपाध्यक्ष सुनिता बरालको संयोजकत्वमा आठ सदस्यीय एक समिति गठन गरिएको छ ।
सरकारले सरकारले ‘सबैको इच्छा, अनिवार्य आधारभूत निःशुल्क शिक्षा’ मूल नाराका साथ वैशाख १ गतेदेखि सामुदायिक विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पुर्याउनका लागि भर्ना अभियान सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत अनेरास्ववियुका केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, विश्वविद्यालय कमिटीका प्रत्येक सदस्यले एकजना विद्यार्थी अनिवार्य भर्ना गराउनुपर्ने महासचिव महरले बताए । यस्तै देशभरिका उच्चमाध्यमिक, माध्यमिक र स्थानीय कमिटीले पनि एक–एक विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना गराउने भएका छन् । संयोजक बरालले विद्यार्थी भर्ना गर्न केन्द्रीय कमिटीका सदस्य बुधबारबाटै जाने बताए । अझै पनि प्राथमिक तहमा २।८ प्रतिशत र आधारभूत तहमा ७.७ प्रतिशत विद्यार्थी विद्यालय बाहिर छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७