जापानमा भारी हिमपात : १७ जनाको ज्यान गयो


१२ पुष २०७९, मंगलवार
skynews snow japan weather 6005404

काठमाडौं । जापानमा भारी हिमपातका कारण १७ जनाको ज्यान गएको छ । लगातार १० दिनयताको हिमपातका कारण दर्जनौं घाइते भएका छन् भने हजारौं घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

जापानको पश्चिमी तटका साथै उत्तरी क्षेत्र होक्काइडोमा भारी हिमपात भइरहेको छ । यहाँको जनजीवन अस्तव्यस्त भएको जापानको विपद् व्यवस्थापन अधिकारीहरूले जनाएका छन् ।

जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरपूर्वी यामागाता क्षेत्रको ओगुनी सहरसहित केही क्षेत्रमा २४ घण्टामा झण्डै एक मिटरसम्म हिमपात भएको छ । हिमपातका कारण गाडी सडकमै फसेका छन् भने केही उडान प्रभावित भएका छन् । जापानको मौसम विज्ञान विभागले प्रभावित क्षेत्रका बासिन्दालाई सम्भव भएसम्म यात्रा नगर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७