माओवादी प्रदेश–१ संसदीय दलको नेतामा आङ्बो


१२ पुष २०७९, मंगलवार
indra

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश–१ संसदीय दलको नेतामा इन्द्र आङ्बो चयन भएका छन् । संसद सचिवालयमा आज (मंगलबार) बसेको दलको बैठकले उनलाई सर्वसम्मत चयन गरेको हो ।

दलको नेता चयन गरेसँगै उनलाई मुख्यमन्त्रीमा अगाडि सारिएको माओवादी नेता गणेश उप्रेतीले जानकारी दिए । उनी पाँचथर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । अघिल्लो प्रदेशसभामा पनि आङ्बो दलका नेता थिए भने हाल प्रदेश–१ को आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७