अमेरिकामा अधिक चिसोबाट मृत्यु हुनेको संख्या ६२ पुग्यो


१३ पुष २०७९, बुधबार
snowfall america 1 1

काठमाडौं । अमेरिकामा हिमपात र चिसो आँधीबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । न्युयोर्क राज्यको बफेलो शहरमा मात्रै गत २४ घण्टामा २८ जनाको मृत्यु भएको हो ।

न्युयोर्कका केही ठाउँमा ३ दिनको अवधिमा एक सय इन्च बाक्लो हिउँ थुप्रिएको छ । सोही शहरमा लुटपाट समेत मच्चिएको छ । स्थानीयहरुले पसलहरुमा लुटपाट गरी टेलिभिजन र पलंग लगायतका फर्निचर लगायत औषधि पसलमा समेत लुटपाट मच्चाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हिमपातसँगै हावाहुरी चलेकाले ४ हजार बढी हवाई उडानहरु रद्द हुँदा लाखौं यात्रु अलपत्र परेका छन् । आँधीसँगै आएको हिमपहिरोमा थुप्रै बेपत्ता भएका छन् । यसैबीच मौसम विद्हरुले तापक्रम बढेपछि हिउँ पग्लेर बाढी आउन सक्ने चेतावनी दिएका छन् ।

सडकको हिउँ पन्छाउन सकिने अवस्था समेत नहुँदा बफेलो शहरमा सैनिक परिचालन गरिएको छ ।
हिमपातका कारण घरमा थुनिएका मानिसहरुको उद्धार गर्ने अवस्था समेत नरहेकाले थप मानिसको मृत्यु हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७