राप्रपा कार्य सम्पादन समितिका बहुमत सदस्य सरकारमा जानु पर्ने पक्षमा


१३ पुष २०७९, बुधबार
raprapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अधिकांश नेताहरुले नेतृत्वलाई सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएका छन् । आज (बुधबार) बसेको ४० सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने आवाज उठाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपा सरकारमा सहभागी हुनुपर्ने आवाज उठेको हो । सरकारमा जानु पर्छ भन्नेमा अधिकांश नेताहरुले आफ्नो राय दिएको एक नेताले जानकारी दिए । उनका अनुसार अहिलेसम्म २५ जनाले बोलिसकेका छन् ।’

उनले अब १५ जना नेता बोल्न बाँकी रहेका पनि बताए । अहिलेसम्म सरकारमा जानुपर्ने स्वर बहुमत देखिएका कारण सरकारमा सहभागी हुने निर्णय हुन सक्ने पनि बताएका छन् । ‘अझै नेताहरुले बोल्न बाँकी छ । त्यसो हुँदा सरकारमा जान पर्छ भन्नेमै बढी मत देखिएको छ,’ उनले भने, ‘निर्णय त्यसै गरी हुन सक्छ। बैठक आज सकिएन भने भोलि पनि बस्छौं ।’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बैठक जारी रहेको र अहिले कुनै निर्णय भइनसकेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७