अमेरिकामा हिमपातको कहर : सयौं उडान रद्द, हजारौं यात्रु टर्मिनलमै सुत्न बाध्य


१४ पुष २०७९, बिहीबार
Capture 5

काठमाडौं । घातक हिमआँधीसँगै उडान रद्द र डिले हुँदा अमेरिकाभरका विमानस्थलमा हजारौं यात्रुहरू अलपत्र परेका छन् । झण्डै २८ सय उडान रद्द भएका छन भने १३ सय उडान डिले भएका छन् । उडान ट्रयाकिङ गर्ने फ्लाइट अवेरका अनुसरा अलपत्र परेका हजारौं यात्रुहरू टर्मिनलमै सुतिरहेका छन् । बिहीबार उड्ने तालिकामा रहेका २३ सयभन्दा बढी उडान रद्द भएका छन् ।

चरम मौसमले हजारौं उडान रद्द भएका र मानिसहरु बरफ र हिउँले घेरिएका घरहरुमा फँसेका छन् । रद्दका कारण जानु पर्ने स्थानमा जान नसकेका हरेक व्यक्तिसँग वास्तवमै दुःखित भएको भन्दै साउदवेस्टका सीइओ बब जोर्डनले भिडियोमार्फत क्षमा याचना गरेका छन् ।

कीर्तिमान कडा चिसोले सबै एयरलाइन्सका लागि चुनौतीहरू ल्याएपछि विमान कम्पनीले उडानहरू रद्द गरेका जोर्डनले बताए । यसैबीच, चिसोका कारण कम्तीमा ५० जनाको मृत्यु हुनुका साथै लाखौं मानिस प्रभावित भएका छन् । हिमपातले विभिन्न राज्यका सहरहरु अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा लाखौ मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७