सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा


१४ पुष २०७९, बिहीबार
gathabandhan news

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध सात दलका शीर्ष नेताहरुको बैठक आज (बिहीबार) बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बस्ने जनाइएको छ ।

बैठकमा शक्ति बाँडफाँड र सरकारको साझा रणनीतिबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तीन दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भए पनि अरु पदको भागबण्डा टुंगिएको छैन ।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबण्डा गर्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७