सत्ता गठबन्धनले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने

मन्त्री बनाउँदा विषय विज्ञ हुनुपर्छ भन्ने छ : गृहमन्त्री लामिछाने


१४ पुष २०७९, बिहीबार
gathabandhan

काठमाडौं । सत्ता गठबन्धनले अबका पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने भएको छ ।
गठबन्धनको न्यूनतम साझा कार्यक्रम ल्याउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक तोकिएको गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जानकारी दिए । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

उनका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबण्डलगायत विषयमा छलफल भएको थियो । तर, त्यसबारेमा कुनै निर्णय नभएको उनले बताएका छन् । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले न्यूनतम साझा कार्यक्रम आएपछि आफूहरू सरकारमा सहभागी हुने/ नहुनेबारे निर्णय लिने बताएका थिए ।
मन्त्री बनाउँदा विषय विज्ञ हुनुपर्छ भन्ने छ : गृहमन्त्री लामिछाने
गृहमन्त्री रवि लामिछानेले मन्त्री बनाउँदा विषय विज्ञबाट हुनुपर्ने विषय उठेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले पार्टीमा भएका विषय विज्ञका आधारमा नेतृत्व दिनुपर्ने लामिछानेले बताए । अब मन्त्रिपरिषद विस्तार गर्दा क्षमताका आधारमा गर्ने निर्णय भएको लामिछानेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७