एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया सर्वसम्मत


१४ पुष २०७९, बिहीबार
thapaliya 1536x1025 1

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जे.एन) चयन भएका छन् । एमाले संसदीय दलको कार्यालय हेटौंडामा बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका थपलियालाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा थपलिया चितवन क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । बागमतीमा प्रदेशसभामा एमालेबाट २७ सांसद रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७