सन्दीपको निवेदनमा आज पनि भएन सुनुवाइ


१४ पुष २०७९, बिहीबार
sandeep lamichhane

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनमा आज (बिहीबार) पनि सुनुवाइ हुन सकेन । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुन नसकेको हो ।

लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर हेर्न नभ्याइनेमा सूचीमा परेको हो । बलात्कारको आरोपमा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने केही साताअघि आदेश दिएको थियो ।

एक नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाएको थियो । लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका उनी एक महिनापछि २० असोजमा नेपाल फर्किएका थिए । विमानस्थलबाटै पक्राउ परेका उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७