नगरपालिकाका कर्मचारीविरुद्ध तीन करोड ४४ लाख बढीको भ्रष्टाचार मुद्दा


१४ पुष २०७९, बिहीबार
Akhtiyar

काठमाडौं । ठेकेदारसँग मिलेर मापदण्ड विपरित खोला उत्खनन् गर्न सघाउने नगरपालिकाका कर्मचारीविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्वा दायर गरेको छ ।

मावा खोलाको अवैध उत्खननमा सघाउने झापाको दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी र मोरङको मिक्लाजुङ गाउँपालिकाका सब इन्जिनियर विवेक कार्कीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्व साढे ३ करोड ४४ लाख ११ हजार २ सय ८८ रुपैँया बराबरको भ्रष्टाचार मुद्वा दर्ता भएको हो । मावा खोला उत्खननका लागि ठेक्का पाएको किशन एण्ड दृष्टी बिल्डर्स प्रालिले ठेक्का पाएको भन्दा धेरै खोला उत्खनन् गर्दा पनि कर्मचारीहरुले मिलेमतोमा गुपचुप रुपमा उत्खनन् गर्न दिएका अख्तियारको आरोप छ । मावा खोला झापा र मोरङको सीमानामा पर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७