समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नाम परिवर्तन


१४ पुष २०७९, बिहीबार
sahakari
फाइल फोटो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको नाम परिवर्तन गरिएको छ ।

समितिको गत मंसिर २९ गतेको बैठकको निर्णयानुसार नाम परिवर्तन गरिएको अध्यक्ष काशीराज दाहालले जानकारी दिए । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम नेपाल सरकारबाट समस्याग्रस्त घोषित संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्नु समितिको मुख्य कर्तव्य हो ।

समिति गठनका बेला मन्त्रालयले समस्याग्रस्त नाम नराखे पनि पछि नामको अघि नै राखिएको शब्दका कारण नकारात्मक सन्देश गएकाले नाम परिवर्तन गरिएको जनाइएको छ । नाम परिवर्तन भएपछि समितिले कार्यालयको वेबसाइट, बोर्ड र लेटरहेडमा समेत सहकारी व्यवस्थापन समितिको कार्यालय भनी नाम राखेको पनि उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७