भारतले भन्यो–प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम तयार छौं


१४ पुष २०७९, बिहीबार
ArindamBagchi111 20221229182428

काठमाडौं । छिमेकी देश भारतले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको छ । भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकासँग मिलेर काम गर्न भारत इच्छुक रहेको बताइएको हो ।

विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपाल भारतबीच युनिक सम्बन्ध रहेको बताउँदै यसलाई बढाउनका लागि नयाँ सरकारसँग मिलेर अगाडि बढ्ने बताए । ‘दुई देशबीच जुन युनिक सम्बन्ध छ । यसलाई बढाउनका लागि नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने आशा राख्छौं । हामी गर्छौं पनि। दुई देशबीच जुन सद्भाव छ । जनता जनताबीचको सम्बन्ध छ । त्यसलाई दुबै देश मिलेर मजबुत बनाउँछौं,’ उनले भने ।

आफूहरु पनि नेपालको नयाँ सरकारसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने पक्षमा रहेको उनले बताए । ‘घनिष्ठ छिमेकी नेपालसँग द्विपक्षीय सम्बन्ध बढाउने कुरामा हामी कुनै कमी गर्दैनौँ’, उनले भने, ‘द्विपक्षीय सम्बन्ध बढाउन हामी प्रचण्डजीको सरकारसँग मिलेर काम गर्न तयार छौं ।’

उनले पहिले पनि नेपालको नयाँ सरकारसँग काम गर्न तत्पर रहेको कुरा बताएको दोहो¥याए । ‘हामीले पहिले पनि भनेका छौँ नेपालको नयाँ सरकारकसँग काम गर्न तयार छौँ’, उनले भने, ‘नेपालको नयाँ सरकारलाई हामीले बधाईकै क्रममा यो सन्देश दिइसकेका छौं ।’ उनले भारतले निर्वाचनअघि नै नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको स्मरण गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७