चोरीका गाडी कारोबारीलाई प्रहरी हाकिमको संरक्षण


४ बैशाख २०७५, मंगलवार
bike

चितवन, ४ बैशाख । प्रहरीको संरक्षणमा चोरीका मोटरसाइकल र गाडी कारोबार भइरहेको छ । मोटरसाइकल चोरी गर्ने गिरोहले काठमाडौंबाट चोरी भएका सबै मोटरसाइकल चितवनको जगतपुरमा रहेको दीपु श्रेष्ठको मनकामना अटो एण्ड रिकन्डिसन वर्कसपमा लाने गरेका छन् ।

bike
दीपु श्रेष्ठको मनकामना अटो एण्ड रिकन्डिसन वर्कसपमा थुपारिएका मोटरसाइकल ।

चितवनको रत्ननगर नगरपालिका जयमंगलाका दीपु श्रेष्ठको उक्त वर्कसपमा काठमाडौंबाट चोरी गरी लगेका सबै मोटरसाइकलहरु एकै रातमा अप्रेसनमा पर्दछन् । चोरीका मोटरसाइकलको पार्टपूर्जा झिक्ने कामलाई अप्रेसन भनिन्छ । उक्त वर्कसपमा एकैरातमा अप्रेसन गरी अर्कै रङ लगाएर बेचबिखन गरिन्छ । एउटा मोटरसाइकको पार्टपूर्जा, च्यासिस अर्कोमा लगाउने काम दीपु श्रेष्ठले गर्दैआएका छन् । उनको वर्कसपमा एकै रातमा अप्रेसन गरिएका मोटरसाइकलको साइलेन्सरको थुप्रो नै देखिन्छ ।
स्कोरपियो, टाटासुमो, बलेरोदेखि लिलामीमा गाडी उठाउने र त्यसको च्यासिस भारतबाट ल्याएका चोरीका गाडीमा प्रयोग गर्दैआएका छन् । उनले यसरी भारतबाट चोरी गरी ल्याएर लिलामीका गाडीका च्यासिस नम्बर ठोकेका स्कोरपियो र टाटासुमो अधिकांश रामेछाप, दोलखा, सिन्धुलीमा चल्ने गर्दछन्, साँघुमा समाचार छ । बाग्लुङ पर्वततिर पनि उनका यस्ता गाडी चल्ने गरेको समाचार छ । उनलाई सहयोग गर्ने काम अपराध महाशाखामा कार्यरत प्रहरी सुरेन्द्र कार्कीले गर्दैआएका छन् । कार्कीको मोटरसाइकल चोरी गर्ने गिरोहसँग कनेक्सन भएकाले उनले दीपु श्रेष्ठलाई सहयोग गर्दैआएका छन् । चितवनमा चोरीका गाडीको कारोबार गर्ने दीपु श्रेष्ठ र फणिन्द्र भण्डारी दुवैलाई प्रहरी संरक्षण छ ।

bike 1
मोटरसाइकल अप्रेसनपछि खोलिएका साइलेन्सर पाइपको थुप्रो ।

चितवनका एसपी दीपक थापाले केही महिनाअघि फणिन्द्र भण्डारीलाई चोरीका गाडी कारोबारमा पक्राउ गरेजस्तो गरी तुरुन्तै राजस्व अनुसन्धान विभागमा बुझाएर उन्मुक्ति दिएका थिए । तर दीपु श्रेष्ठ अहिलेसम्म पनि चोरीका गाडीको कारोबार निर्वाध गर्दैआएका छन् । हरेक एसपीको उनलाई संरक्षण छ ।

चितवनमा सरुवा हुने हरेक एसपीलाई उनले मासिक रुपमा घुस बुझाउने गरेको समाचार छ । भावी आइजीपीका दाबेदारका रुपमा चिनाउन चाहने एसएसपी प्रद्युम्न कार्कीसमेत उनको फेसबुकमा साथी छन् । कार्की पनि चितवनको प्रहरी प्रमुख भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७