प्रचण्डलाई चिनियाँ समकक्षी ली खछ्याङको वधाइ सन्देश : नेपाललाई पूर्ण साथ रहन्छ


१५ पुष २०७९, शुक्रबार
chines ambasdor prachand eqaB8g8Ssf

काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाइ दिएका छन् ।

चिनियाँ प्रधानमन्त्री लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाइ पत्र पठाएका हुन् । नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरूले शुक्रबार अपरान्ह प्रधामन्त्री लीले पठाएको बधाइ पत्र प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।

Prachanda china pm

लीले प्रचण्डलाई लेखेको बधाई पत्रमा भनिएको छ, ‘तपाई नेतृत्वको नयाँ सरकारले राष्ट्रिय एकता, स्थायित्व र आर्थिक तथा सामाजिक विकासमा जोड दिनेमा हामीले आशा राखेका छौं ।’ चिनियाँ प्रधानमन्त्रीले आफू प्रचण्ड नेतृत्वको सरकारसँग काम गर्न इच्छुक रहेको पनि बधाई पत्रमा उल्लेख गरेका छन् । लीले दुवै मुलुकको विकास र समृद्धिका लागि रणनीतिक साझेदार कार्यक्रमलाई अघि बढाउन आफू इच्छुक रहेको उल्लेख गरेका छन् ।

नेपाल र चीन परम्परागत मित्र रहेको र एकअर्काको सम्मान गदै समान हैसियतमा दुई मुलुक अघि बढनु पर्ने चिनियाँ प्रधानमन्त्री लीले समकक्षी प्रचण्डलाई पठाएको पत्रमा उल्लेख गरेका छन् । उनले नेपालको स्थायित्व, विकास र समृद्धिमा चीन सँधै साथमा रहने बताएका हुन् । पछिल्ला दिनमा नेपाल र चीनबीचको प्रभावकारी सम्बन्धका कारण दुवै मुलुकलाई उल्लेखनीय फाइदा पु¥याएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७