शिक्षाका कर्मचारीसामु सरकार झुक्यो


४ बैशाख २०७५, मंगलवार
education

काठमाडौं, ४ बैशाख । शिक्षा अधिकारीहरुको जननिर्वाचित स्थानीय तहका मेयर उपमेयर र अध्यक्ष उपाध्यक्षको मातहत काम नगर्ने धम्कीका सामु सरकार झुकेको छ ।

education

सरकारले जिल्ला शिक्षा कार्यालय खारेज गर्दै स्थानीय तहबाटै शिक्षासम्बन्धी सबै काम गर्ने ब्यवस्था गरेको थियो । तर अहिले जिल्ला शिक्षा कार्यालय कायमै राखिएको छ ।

जिल्ला शिक्षा कार्यालयको नाम मात्र परिवर्तन गरी शिक्षा विकास तथा समन्वय इकाई समिति राखिएको छ । समितिले काम सबै जिल्ला शिक्षा कार्यालयले जस्तै गर्नेछन् । शिक्षा कार्यालय जस्तैसंघीयता कार्यान्वयनमा आएपछि आवश्यकै नहुने कार्यालयहरु कायमै राख्न उच्च प्रशासकहरु सफल भएका छन् ।

आवश्यकै नभएको जिल्ला शिक्षा कार्यालय, जिल्ला समन्वय समितिदेखि जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय सबै कायमै राख्ने निर्णय सरकारले गरेको छ । यसले सरकार स्थानीयतहका कटौती गर्न उद्यत छ भन्ने देखाएको छ ।

जिल्ला शिक्षा कार्यालय खारेज गरी स्थानीय तहअन्तर्गत राख्ने र गाउँपालिका र नगरपालिकाले नै शिक्षक नियुक्तिदेखि सबै काम गर्ने अधिकार दिइएको छ । तर उच्च प्रशासकहरुले शिक्षा मन्त्रालयका उपसचिव र शाखा अधिकृतहरुलाई उकासेर स्थानीय तह अन्तर्गत बस्दैनौं भन्दै विज्ञप्ति निकाल्न लगाएर विगतकै जस्तो जिल्ला शिक्षा कार्यालय कायम राख्न सफल भएका छन् ।

शिक्षा मन्त्रालयका कर्मचारीहरुको दबाबमा सरकारले जिल्ला शिक्षा कार्यालय खारेज नगरी नाममात्र परिवर्तन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७