छ वटै चिनियाँ जहाज आए, तर चलेनन्


५ बैशाख २०७५, बुधबार
Nepal Airlince
rLgåf/f b’O{ ljdfg g]kfnnfO{ x:tfGt/0f rLg ;/sf/sf] ;x’lnot C0fdf NofOPsf b’O{ jfO{ !@ ljdfg d+unaf/ lqe’jg cGt/fli6«o ljdfg:yndf g]kfn ;/sf/nfO{ x:tfGt/0f ug{ cfof]lht sfo{qmdsf] pb3f6g ub}{ ;+:s[lt, ko[6g tyf gful/s p88ogdGqL /ljGb| clwsf/L / g]kfnsf nflu rLgsf /fhb”t o” xf]ª . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौं, ५ वैशाख । नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन् तर पाइलट अभावले यी सबै उडानमा आउन सकेका छैनन् ।    आजको कान्तिपुरमा सुरज कुँवरले लेखेका छन्।

Nepal Airlince
तस्बिर : रासस

फागुन पहिलो साता चीनको हार्बिनबाट ल्याइएका ६ मध्येका अन्तिम दुईवटा साना विमान वाई १२ ई लाई मंगलबार जहाज चिनियाँ सरकारी एजेन्सी एभिक इन्टरनेसनल र काठमाडौंस्थित चिनियाँ दूतावासले एक समारोहबीच नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गर्‍यो । तर, चिनियाँ विमान उडाउने निगमले यी सबै जहाजलाई नियमित व्यावसायिक उडानमा ल्याउन सकेको छैन ।

निगमका अनुसार, प्रशिक्षक पाइलट, क्याप्टेन, स्पेरपार्टस्, महँगो बिमा, निगमकै कमजोर व्यवस्थापन चिनियाँ विमानले बेहोर्दै आएका प्रमुख समस्या हुन् । सडक सञ्जालसँग नजोडिएका दुर्गम र हिमाली भेगका नागरिकलाई सेवा पुर्‍याउने उद्देश्यले नेपाल सरकारले २०७० मंसिरमा ६ वटा विमानका लागि चीन सरकारसँग सम्झौता गरेको थियो ।

जहाज हस्तान्तरण समारोहमा बोल्दै निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आगामी दिनमा चीन सरकारको सहयोगबिना यी छवटै विमान राम्रोसँग सञ्चालन सम्भव नहुने बताए । ‘नेपाल सरकारले सम्झौताअनुसार, सबै जहाज हामीले प्राप्त गरेका छौं तर चिनियाँ विमान सञ्चालनमा केही समस्या देखिएका छन् । यिनमा केही हाम्रोतर्फबाट छन् भने केही एभिक ९चिनियाँ जहाज विक्रेता कम्पनी० का तर्फका रहेका छन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा महाप्रबन्धक कंसाकारले औंल्याए ।

उनका अनुसार यी विमानमा मर्मतसम्भार र सञ्चालनमा समस्या छन् । मर्मततर्फ एकाएक बिग्रेको विमान बनाउन आवश्यक पर्ने स्पेयरपार्टस् चीनबाट ल्याउँदा धेरै समय लाग्ने गरेको छ । ‘एभिकले हवाईमार्गबाट होइन, पानीजहाजको बाटो हुँदै सडकमार्गबाट स्पेयरपार्टस पठाउँछ । यस्ले गर्दा जहाज धेरै दिन ग्राउन्डेड हुन्छन्,’ निगमका एक इन्जिनियरले भने । त्यसैगरी सञ्चालनतर्फ यी विमानसँग दख्खल राख्ने पाइलटको अभाव हो । यो समस्या १७ सिट क्षमताको वाई १२ ई विमानले बेहोर्दै आएका छन् । अहिले पनि यी वर्गका विमान उडाउने पाइलट अभाव छ । यी चार विमान तीन जना क्याप्टेनसहित १० पाइलट छन् । तर, यी पर्याप्त होइनन् ।

पाइलटको समस्या सुगम रुटमा उड्ने ५६ सिट क्षमताको एमए ६० मा भने छैन । दुईटा एमए ६० विमानका लागि चार जना क्याप्टेन र दुई जना कोपाइलट छन् । तर एमए ६० बिग्रिहाले स्पेयर पार्टसै समस्या हुन्छ । ‘चीनबाट ल्याउनुपर्छ,’ एमए ६० का एक पाइलटले भने, ‘उताबाट ल्याउँदा कम्तीमा एक हप्ता लागिहाल्छ । त्यसैले निगमका इन्जिनियरहरूले एउटा विमान बिग्रेपछि अर्को विमानको सामान झिकेर उडानयोग्य बनाउँछन् ।’

निगमका इन्जिनियरहरूले यसो गर्न थालेको वर्षौं भयो । त्यसैले चीनबाट ल्याइएका सबै विमान सँगसँगै उडेको रेकर्ड बिरलै छ । यो ममलामा निजी क्षेत्र धेरै अघि रहेको छ । जस्तो नयाँ विमान नेपाल भित्र्याइएको चार दिनमै निजी क्षेत्रले उडान भरेको रकेर्ड छ । निगमले दुई महिनाअघि ल्याएका साना दुइटा विमान अझै व्यावसायिक उडानमा आइसकेका छैनन् । ‘जहाजको बिमा र उडानयोग्य रहेको प्रमाणको कागजात अझै निगमले पेस गर्न नसकेकाले उडान अनुमति पाइसकेको छैन,’ नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७