एक लाखभन्दा बढी रेमिट्यान्स रकम बैंकबाट निकाल्नुपर्ने


५ बैशाख २०७५, बुधबार
nepali currency

काठमाडौं, ५ बैशाख ।  नेपाल राष्ट्र बैंकले विदेशबाट रेमिट्यान्सपठाउँदा एक लाख रुैयैयाँभन्दा माथिको भुक्तानी बैंक खतामार्फत गर्नुपर्ने निर्देशन जारी गरेको छ ।आजको नागरिक दैनिकको आर्थिक पृष्ठमा यो समाचार छ ।Money 1

केन्द्रीय बैंकले आगामी साउन १ बाट यो निर्देशन कार्यान्वयनमा आउने जनाएको छ ।

अहिले भने विदेशबाट रेमिट्यान्स पठाउँदा दुई लाख रुपैयाँसम्म नगदमा भुक्तानी गर्न पाइने र नयाँ आर्थिक वर्ष २०७५र७६ सुरु भएपछि साउन १ बाट भने एक लाखभन्दा बढी रेमिट्यान्स भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागाट भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति लिएका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक संस्था संयन्त्रका लागि उक्त निर्देशन जारी भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७