बाढीपीडितले गरे प्रजिअ र प्रहरी प्रमुखको गाडीमाथि ढुंगा प्रहार


२ कार्तिक २०७४, बिहीबार
गाडीमाथि ढुंगा प्रहार

 

गाडीमाथि ढुंगा प्रहार
फाइल तस्बिर

रौतहट: देवाही गोनाही नगरपालिकामा राहतको माग गर्दै बाढीपीडितले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको गाडिमाथि बुधाबर ढुंगा प्रहार गरका छन्।

स्थानीयको ढुुंगा प्रहारबाट प्रजिअ चढ्ने गाडीको सिसा फुुटेको छ । स्थानीयको नियन्त्रणमा रहेका सो नगरपालिकाका कार्यकारी अधिकृत मनोज झालाई उद्धार गर्ने क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो। झडपमा परी सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक र नेपाल प्रहरीका एक जना जवान घाइते भएका छन्।

गत साउनमा आएको बाढीबाट पीडित देवाही गोनाही–३ र ४ का २१८ जनालाई राहत वितरण गर्न बुधबार कार्यकारी अधिकृत नगरपालिकाको कार्यालय पुगेका थिए। सोही क्रममा स्थानीयले बाढीपीडितको सूचीमा आफूहरूको नाम छुटाएको भन्दै कार्यकारी अधिकृत झालाई नियन्त्रणमा लिएका थिए।

कार्यकारी अधिकृत झालाई स्थानीयले नियन्त्रणमा लिएको सूचना पाएलगत्तै जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रजिअ उद्धवबहादुुर थापा, प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक प्रेमराज पोखरेल, राष्ट्रिय अनुुसन्धान विभागका प्रहरी उपरीक्षक नवीनराज अधिकारी र देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल घटनास्थल पुगेका थिए।

देवाही गोनाही वडा नं ३ र ४ का स्थानीयको गुनासा सुनेपछि प्रजिअ थापासहितको टोली र सम्बन्धित वडाका वडाध्यक्षले तत्काल बैठक बसेर २१८ जनालाई राहत बाढने, छुटेकाको पुनः छानबिन गरी सिफारिस गर्ने र गलत सिफारिस भएको देखिएमा दोषी ठहर हुने सचिवलाई कारबाहीको दायरामा ल्याउने निर्णय गरेका थिए ।

बैठकमा भएको निर्णय सुुनाएर कार्यकारी अधिकृत झालाई उद्धार गर्न खोज्दा स्थानीयले आक्रोशित भएर रोकिराखेको गाडिमाथि ढुुंगा प्रहार गरेपछि प्रहरी र स्थानीयबीच केहीबेर दोहोरो झडपसमेत भएको थियो।

झडपमा परी सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक वीरेन्द्र यादव र नेपाल प्रहरीका प्रहरी जवान घाइते भएका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिएका छन्।

कार्यकारी अधिकृतको उद्धारपछि हाल त्यहाँको अवस्था सामान्य हुँदै गएको र दोषीको खोजी भइरहेको प्रहरी निरीक्षक झाले बताए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७