६ सय मेगावाटका जलविद्युतलाई सर्वेक्षण अनुमति, उर्जामा बढ्दो उत्साह


५ बैशाख २०७५, बुधबार
urja

काठमाडौं, ५ बैसाख : सरकारले २०७४ चैतमा मात्रै करीब ६ सय मेगावाट बराबरका जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति दिइएको छ ।urja

चैतमा साना दुई आयोजनाबाट २६ मेगावाट, मझौला तीन आयोजनाबाट १५० मेगावाट र ठूला दुई आयोजनाबाट ४१५ मेगावाट गरी ५९० मेगावाट विद्युत उत्पादनको लागि ७ कम्पनीले सर्वेक्षण अनुमति पाएका छन् । चिलिमे हाइड्रोपावर कम्पनीले गोरखामा ६० मेगावाटको चुनचेट स्यार खोला जलविद्युत आयोजना, ग्रेट हाइड्रोपावर कम्पनीले संखुवासभामा ५५ मेगावाटको अपर बरुणखोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पाएको छ ।

यस्तै बिष्ट हाइड्रोपावर कम्पनीले संखुवासभामा २४.३० मेगावाटको अपर इसुवाखोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पाएको छ । झ्यामलोङ्मा हाइड्रोपावर कम्पनीले कास्कीको माछापुच्छ्रेमा ३२ मेगावाटको करुवा सेती जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पाएको छ । निलगिरी खोला हाइड्रोपावर कम्पनीले गोरखामा २६० मेगावाटको बुढीगण्डकी ख जलविद्युत आयोजना र आरएम इन्भेष्टमेन्ट कम्पनीले ताप्लेजुङमा १५५.८२ मेगावाटको घुन्साखोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पाएका छन् । साना जलविद्युत आयोजना समेत गरी करिब ६०० मेगावाट बराबरका जलविद्युत आयोजनाले चैतमा मात्रै सर्वेक्षण अनुमति पाएको विद्युत विकास विभागले जनाएको छ ।
३७१ मेगावाटको लागि सर्वेक्षण आवेदन

त्यस्तै चैत्र महिनामा नै विभिन्न कम्पनीले ३७१ मेगावाट बराबरका जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत विकास विभागमा निवदेन दिएका छन् । चिलिमे हाइड्रोपावर कम्पनीले गोरखामा २३५ मेगावाटका दुई आयोजना बुढिगण्डकी क को सर्वेक्षण अनुमतिका लागि विभागमा आवेदन दिएको छ ।

त्यसैगरी सांग्रिला उर्जा प्रालीले दोलखामा ५० मेगावाटको सुपर तामाकोशी नदी जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिका लागि आवेदन दिएको छ । अन्य ७६ मेगावाट बराबरका साना जलविद्युत आयोजना सर्वेक्षणका लागि ९ कम्पनीको आवेदन परेको छ । यी आयोजनाको काम तीब्र गतिमा अगाडि बढेको खण्डमा नेपाल चाँडै नै उर्जा क्षेत्रमा अगाडि बढ्ने सरकारको अपेक्षा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७