झुलाघाट नाकामा कडाइ


१८ पुष २०७९, सोमबार
Jhulaghat

बैतडी । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा कडाइ गरिएको छ । छिमेकी देश चीन र भारतमा कोरोना सङ्क्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो ।

झुलाघाटमा ‘हेल्थ डेस्क’ स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकमा कोरोना परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ‘झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको सीमामै कोरोना परीक्षण गर्ने गरेका छौँ, स्वदेश फर्किने नागरिकले उनीहरुले खोप पाए-नपाएका बारे यकिन गर्ने काम पनि भइरहेको छ ।’

भारतबाट स्वदेश फर्कने नागरिकले खोप नलगाएको भएमा सीमा नाकामै कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्ने तयारी गरिएको जनाइएको छ । उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले पनि आग्रह गरेको छ ।

कोरोनाको जोखिम कम गर्न भौतिक दूरी व्यवस्थापन गर्नुपर्ने, भीडभाड भएका ठाउँमा नजान र जानै परे स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । यसका साथै यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७