सन्दीप लामिछानेमा ‘डिप्रेसन’ को संकेत, कारागारभित्रै थालियो मनोपरामर्श


१८ पुष २०७९, सोमबार
sandeep lamichhane

काठमाडौं । नाबालिका बलात्कारको अभियोगमा केन्द्रीय कारागार सुन्धारामा रहेका क्रिकेटर सन्दीप लामिछानेमा ‘डिप्रेसन’ को संकेत देखिएको छ । सन्दीपको डिप्रेसन खराब अवस्थामा पुगिसकेको पाइएको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

केही दिनदेखि सन्दीपको बोली तथा व्यवहारमा परिवर्तन देखिएको घिमिरेले जानकारी दिए । सन्दीपलाई अहिले कारागारममै मनोपरामर्शविद् लगेर परामर्श दिन थालिएको छ । सन्दीपलाई दैनिक काउन्सिलिङ गर्नुपर्ने अवस्था देखिएको घिमिरेले बताएका छन् । कारागारमा छुट्टै कोठा नभएकाले काउन्सिलिङमा समस्या भएको जनाइएको छ ।

यता जेलर ईश्वरीप्रसाद पाण्डेले भने परामर्शविदलाई अन्य कैदी पनि डिप्रेसमा रहेकाले उनीहरुलाई पनि परामर्श दिन आग्रह गरेका थिए । जेलर पाण्डेले पनि सन्दीपलाई परामर्श दिन एउटा टोली जेलमा आएको बताए । जेलर पाण्डेले भने अहिलेसम्म परिवारले आफूसँग सन्दीपको स्वास्थ्यको विषयमा कुनै जानकारी नगराएको बताएका छन् ।

लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन परेको छ । तर उच्च अदालतमा सुनुवाई हुन सकेको छैन । जिल्ला अदालतले भने पीडितको उमेर विवादमा थप कागजात मगाउन आदेश दिएको छ । सन्दीप पक्षले किशोरी नाबालिग नरहेको दाबीसहित कागजात बुझाएका छन् ।

दुई वटा जन्मदर्ता फेला परेपछि यसलाई पनि प्रमाणित गर्ने काम अदालतबाट भइरहेको छ । यस्तै किशोरीको जन्म मितिबारे पुष्टि गर्न अदालले अस्पतालबाट कागजात मगाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७