राजदूत अधिकारी र पाकिस्तानी प्रमका विदेश मामिलासम्बन्धी विशेष सहायकबीच भेटवार्ता


१८ पुष २०७९, सोमबार
tapas Adhikari

काठमाडौँ । पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेशमामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग आज इस्लामाबादस्थित उनको कार्यकक्षमा भेटवार्ता गरे ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–पाकिस्तान सम्बन्ध र यसका ऐतिहासिक घटनाक्रमबारे छलफल भएको थियो । भेटमा उहाँहरूबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का साथै दक्षिण एसियामा क्षेत्रीय सहयोग प्रवर्द्धनबारे छलफल भएको इस्लामाबादस्थित नेपाली राजदूतावासले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७