विशेष अदालतबाट फैसला भएका ६ मुद्दामा अख्तियारको असन्तुष्टि : पुनरावेदनका लागि सर्वोच्चमा


१९ पुष २०७९, मंगलवार
Akhtiyar

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा विशेष अदालतले फैसला गरेका मुद्दामाथि पुनरावेदनको मागसहित सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मंगलबार ६ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।

थपलियाका अनुसार विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये घुसररिसवत, गैरकानूनी लाभ तथा हानी र सार्वजनिक सम्पत्ति हानिनोक्सानी सम्बन्धी-६(९) वटा मुद्दाहरुमा आयोगको निर्णय अनुसार मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।

गत असार ९ गते सन्तमाया श्रेष्ठविरुद्धको घुस/रिसवत लिइ भ्रष्टाचार गरेको मुद्दा सम्बन्धी विशेष अदालतको फैसला, धनेश्वर प्रसाई, सुरेश प्रसाद नेपाल, सुदर्शन न्यौपाने विरुद्ध घुस/रिसवत लिने दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा गत असार ३ गते भएको फैसला पुनरावेदन गरिएको हो ।

यस्तै, नरबहादुर बोहरा, नरेन्द्रबहादुर भाट, मिनबहादुर बोहरा, मथुरीदेवी बोहरा, तेजबहादुर बोहराविरुद्धको मुद्दामा गत भदौ २९ गते विशेष अदालतले गरेको फैसला उपर पनि अख्तियारले पुनरावेदन गरेको छ ।

भीमप्रसाद आचार्य, रघुनाथ रेग्मी र हरिशंकर शर्माविरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसला, भीमप्रसाद आचार्य, हरिशंकर शर्मा, मनिषकुमार महतोविरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसला, राधिकादेवी शर्मा, भरतप्रसाद उपाध्याय विरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसलामाथि पनि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७