क्याण्डी क्रस खेल्नु हुन्छ ? सचेत हुनुस् संकटमा पार्न सक्छ


५ बैशाख २०७५, बुधबार
candy crus

काठमाडौं, ५ बैसाख : अहिले जो पनि क्यान्डी क्रस गेममा लिप्त भइरहेको देख्न सकिन्छ । घरमा मात्र होइन गाडीको यात्रामा समेत मानिस क्याण्डी क्रसमा रमाइरहेको भेटिन्छ । मानिस थोरै फूर्सद पाउन साथ क्यान्डी क्रसमा खेल्न थाल्छन् । फूर्सदमा मात्र होइन काम छाडेर पनि कतिपयले यो गेम खेल्ने गरेका छन् । धेरै जना यसको लतमा परिसकेका छन् ।candy crus

तर, तपाईको समय कटाउने यो खेलले तपाईलाई संकटमा पार्न सक्छ । खासगरी साइबर सेक्युरिटी विज्ञले यससम्बन्धी चेतावनी दिएका छन् । फेसबुक जस्तो मोबाइल एप मात्र होइन, क्यान्डी क्रस, लुडो र चेस गेमिङ एप पनि प्रयोगकर्ताका लागि सुरक्षित नभएको विज्ञहरुले बताएका छन् ।

उनीहरुका अनुसार यसबाट प्रयोगकर्ताको डाटा सजिलै चोरी हुने भएछ । फेसबुकबाट डाटा चोरी भएको घटना बाहिर आएपछि बिज्ञहरुले यस्तो चेतावनी दिएका हुन् । कतिपय मोबाइल एप र साइट युजरको सहमती लिएर ठूलो मात्रामा डाटा विश्लेषणका लागि जानकारी लिन्छ र थाहै नपाई तपाईको जानकारी प्रयोग गर्न सक्छन् ।
भनिहालौं अहिले डाटा चोरीको विषयमा सोसल मिडिया साइट फेसबुक निशानामा छ ।

आरोप अनुसार फेसबुकले मानिसको जानकारी लिनका लागि गेम्सपको साहारा लिएका छन् । एक एप कम्पनीले फेसबुक युजर्सलाई एक साइकोलोजिकल क्विजमा भाग लिनका लागि आह्वान गरे । २ लाख ७० हजार प्रयोगकर्ताले उक्त एपमा गएर क्विजमा भाग लिए । तर उनीहरुको पर्सनल डाटा एक्सेस गरियो । र त्यसलाई दुरुपोयोग गरियो । यसैगरी क्यान्डी क्रसमार्फत पनि प्रयोगकर्ताको निजी विवरण चोरी हुने सक्ने आशंका गरिएको छ । एजेन्सी

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७