क्यानको स्पष्टीकरण : टी–२० लिगमा ‘फिक्सिङ’ को हल्ला झुटो


२० पुष २०७९, बुधबार
can1637801649

काठमाडौं । काठमाडौंमा जारी नेपाल टी २० लिगमा ‘म्याच फिक्सिङ’ भएको भन्ने समाचार सञ्चारमाध्यममा बाहिरिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले त्यसको खण्डन गरेको छ ।

क्यानले आज (बुधबार) विज्ञप्ति जारी गर्दै फिक्सिङको हल्ला झुटो भएको भन्दै मिथ्या सूचनाको पछाडि नलाग्न अनुरोध गरेको छ । फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित जारी नेपाल टी–२० लिगको ‘एन्टी करप्सन युनिट’ लाई उजुरी बुझाउन पनि क्यानले आग्रह गरेको छ ।

कमेन्टेटर सचिन तिमल्सिनाले लिगमा फिक्सिङ भएको भन्दै भिडियो सार्वजनिक गरेर कमेन्ट्री छोडेपछि फिक्सिङको घटना सतहमा आएको थियो । ९ पुसदेखि सुरु भएको नेपाल टी–२० लिगमा बेटिङ, सम्भावित फिक्सिङ र विदेशी खेलाडीलाई श्रम स्वीकृति विना खेलाइएको घटनाप्रति अनुसन्धान गर्न गृहमन्त्री रवि लामिछानेले मंगलबार नै नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्रयाटेजिक साझेदारका रुपमा सञ्चालन अधिकार पाएको विवादित पृष्ठभूमिका सेभेन थ्री स्पोर्टस, फ्रेन्चाइज टिम र मालिकको अपारदर्शी गतिविधि, खेलाडीहरुलाई फिक्सिङका लागि आएको प्रस्ताव र केहि खेलमा देखिएका अस्वभाविक नतिजाका आधारमा धेरैले यो प्रतियोगितामा स्पट फिक्सिङ भएको हुनसक्ने आशंका गरेका छन् ।

can

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७