सत्ता साझेदार दलहरूले सरकारको साझा कार्यक्रमलाई आज अन्तिम रूप दिंदै


२१ पुष २०७९, बिहीबार
gathabandhan news

काठमाडौं । सत्ता साझेदार दलहरूले आज (बिहीबार) सरकारको साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेका छन् । बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेको थियो ।

बुधबार बसेको बैठकमा न्यूनतम साझा कार्यक्रमका विषयमा विषयमा छलफल भएको थियो । उक्त बैठकपछि बिहीबार (आज) सम्म मस्यौदाको टुङ्गो लाग्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका थिए ।

न्यूनतम साझा कार्यक्रममा सरकार सञ्चालन र यसका काम कारबाहीका विषय समेटिने बताइएको छ । आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम बनाउने दलहरूको तयारी छ ।

सरकारको साझा कार्यक्रम आइसकेपछि र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिनेछन् । त्यसपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७