सन्दीप लामिछानेको पुनरावेदन पेसी न्यायाधीशद्वय पौडेल र पोखरेलको इजलासमा


२१ पुष २०७९, बिहीबार
Sandeep lamichhane 2 2

काठमाडौं । नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आज (बिहीबार) सुनुवाई हुँदैछ ।

गत बिहीबार हुने भनिएको सुनवाई हेर्न नभ्याइनेमा राखिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो ।

उनीमाथि एक नाबालिगमाथि बलात्कार गरेको आरोप छ । उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएपछि उनका वकिलहरूले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा हालेका थिए ।
काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन समेत आदेश दिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७