प्राचीन भारतमा इन्टर्नेट आविष्कार भएको दाबी


५ बैशाख २०७५, बुधबार
sanjaya and ditrarasta

काठमाडौं, ५ बैशाख (बिबिसि) । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले प्राचीन कालमा भारतीयहरूले इन्टर्नेटको आविष्कार भएको दाबी गरेका छन्।sanjaya and ditrarasta

महाभारतकालमा कौरव र पाण्डवका सेनाबीच कुरुक्षेत्रमा भएको महायुद्धको प्रसङ्ग उद्धृत गर्दै उनले त्यति बेला इन्टर्नेटको मात्रै नभई भूउपग्रहको समेत प्रयोग हुने गरेका टिप्पणी गरेका हुन्।

त्रिपुरामा आयोजित एउटा कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री देवले भने,‘यो यस्तो देश हो जहाँ महाभारतमा सञ्जयले दरबारमै बसेर धृतराष्ट्रलाई युद्धस्थलका दृश्यहरू वर्णन गरेका थिए। यसको अर्थ के हो भने त्यो समयमा पनि प्रविधिको विकास भइसकेको थियो, इन्टर्नेट थियो, भूउपग्रह थियो ।’ ‘नभए सञ्जयले घरमै बसीबसी कसरी हेर्न सक्थे ?’ उनको भने, ‘यो काम तपाईँहरू (पाश्चत्य जगत) ले पहिले गरेको होइन। यो देशमा लाखौँ वर्ष पहिले इन्टर्नेटको आविष्कार भइसकेको थियो ।’

मुख्यमन्त्री देवको उक्त भनाइको सामाजिक सञ्जालमा खिल्ली उडाइएको छ । एक जना फेसबुक प्रयोगकर्ताले देवको भनाइ ‘यो शताब्दीकै सबैभन्दा ठूलो ब्रेकिङ न्यूज’ भएको भनेका छन् ।

भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष देव गत महिना त्रिपुराका मुख्यमन्त्री बनेका थिए । पच्चीस वर्षदेखि रहेको वाम सरकारको अन्त्य गराउँदै भारतीय जनता पार्टीले त्यहाँ सरकार बनाएको थियो।

अर्को प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन,‘महाभारतकालमा इन्टर्नेट थियो। यो कुराको पुष्टि त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवले गरेका छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७