अमेरिकाको नयाँ सभामुखमा केभिन म्याकार्थी


२३ पुष २०७९, शनिबार
Kevin McCarthy2023 01 07 01 45 09

काठमाडौं । अमेरिकी प्रतिनिधिसभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कंग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो ।

क्यालिफोर्नियाका रिपब्लिकन म्याकार्थीले १५औं चरणको मतदानमा सभामुख बन्न पर्याप्त मत प्राप्त गरेका हन् । यो चुनावी प्रतिस्पर्धा १६४ वर्षको अन्तरालमा भएको सबैभन्दा लामो प्रतिस्पर्धा हो ।

कट्टरपन्थी रूढीवादीहरूको समूहसँगको कडा प्रतिस्पर्धा र १४ पटकसम्म गरिएको परिणामविहीन मतदानपछि यो नतिजा आएको हो । डेमोक्र्याटहरूले भने न्युयोर्कका डेमोक्र्याट कंग्रेसम्यान हकिम जेफ्रिजलाई मतदान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७