जनतामा राजनीतिकप्रति वितृष्णा जागेको अवस्था छ : अध्यक्ष नेपाल


२३ पुष २०७९, शनिबार
madhav nepal31646807153
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतीहरूको सम्बोधन हुने गरी वर्तमान सरकार अघि बढ्नु पर्ने बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले सरकारलाई यस्तो सुझाव दिएका हुन् । उनले देशको राजनीति आफ्नै हिसाबले अघि बढिरहेको भन्दै वर्तमान सत्तागठबन्धन कति दरिलो छ भन्ने कुरा सहजै अनुमान लगाउन नसकिने बताए ।

नेपालले सरकारले जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले पदमा को बस्छ भन्ने कुरा महत्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने उनको तर्क थियो । जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेकोप्रति सरकार संवेदनशीन बन्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७