जर्मनीद्वारा चीनमा अत्यावश्यक बाहेक यात्रा नगर्न नागरिकलाई निर्देशन


२४ पुष २०७९, आईतवार
china covid gty mz 17

बर्लिन । जर्मनीले शनिबार विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चीनमा अत्यावश्यक बाहेकका यात्रालाई निरुत्साहित गरेको छ ।

‘हामी अहिले चीनमा गैर–आवश्यक यात्राहरू निरुत्साहित गर्दछौं । यसको कारण कोभिड संक्रमणको चरम उत्कर्ष र अस्तव्यस्त स्वास्थ्य प्रणाली हो,’ जर्मनीको विदेश मन्त्रालयले ट्वीटरमा भनेको छ । कोभिडको संक्रमणदर बढेको हल्लासँगै एक दर्जनभन्दा बढी देशले चीनबाट आउने यात्रुमाथि नयाँ यात्रा नियम लागू गरेका छन् ।

युरोपेली संघका विज्ञहरूले यसै हप्ता समूहका २७ सदस्य राष्ट्रहरूलाई चीनबाट आउने उडानमा रहेका व्यक्तिहरूबाट कोभिड परीक्षणको माग गर्न र आगमनमा छड्के परीक्षण गर्न सुझाब दिएका छन् । जर्मनी, फ्रान्स, जर्मनी, इटाली, स्पेनलगायत युरोपेली संघका अन्य धेरै राष्ट्रले एशियाली मुलुकबाट आउने यात्रुको कोभिड परीक्षण अनिवार्य गर्ने घोषणा गरिसकेका छन् ।

गैर–युरोपेली देशहरूमध्ये संयुक्त राज्य अमेरिका र जापानले पनि यस्तै उपायहरू अवलम्बन गरेका छन् । चिनियाँ अधिकारीहरूले हालैका दिनहरूमा बेइजिङ र तियानजिनलगायत शहरहरूमा संक्रमणको पहिलो लहर चरम बिन्दुमा पुगेको बताएका छन् । तर जाडो याम र चिनियाँ नयाँ वर्षको शुरूमा शहरका कामदारहरू आफ्नो ग्रामीण गृहनगर फर्कने क्रममा आगामी हप्ताहरूमा अत्यधिक प्रकोपको चेतावनी चिनियाँ अधिकारीहरूले दिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७