नेपालमा नयाँ समाजवादी ध्रुवीकरण आवश्यक : डा. भट्टराई (प्रतिवेदनको पूर्णपाठ)


२४ पुष २०७९, आईतवार
baburam
फाइल फोटो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ समाजवादी ध्रुवीकरण आवश्यक भएको औंल्याएका छन् । पार्टीको राजनीतिक समितिको प्रथम पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा डा. भट्टराईले देशमा राजनीतिक स्थायित्व, शान्ति, समृद्धिका लागि समुन्नत समाजवादमा आधारित एउटा सशक्त समाजवादी केन्द्रको आवश्यकता औँल्याएका हुन् ।

देशको राजनीतिमा दक्षिणपन्थी, यथास्थितिवादी शक्तिहरूको बोलवाला बढ्दै गएकाले अग्रगामी, प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको समाजवादी पार्टी निर्माणका लागि थुप्रै चुनौतीहरू रहेको उनको विश्लेषण छ । ‘हामी एक्लैले ती चुनौतीहरू सामना गर्न सम्भव हुँदैन । त्यसका लागि हामी मुद्दा मिल्ने पक्ष, समूह, व्यक्ति र व्यक्तित्वहरूसँग सहकार्य गर्दै जानुपर्छ भने विचार र मुद्दा मिल्नेहरूसँग पार्टी एकीकरण गर्नुपर्छ,’ उनले भनेका छन् ।

देश अहिले पनि गम्भीर सङ्कटबाट गुज्रिरहेको बताउँदै भट्टराई देशका विद्यमान समस्याहरूको हल सही राजनीतिले मात्र गर्न सक्ने जिकिर गरेका छन् । उनले भनेका छन्, ‘यी गम्भीर संरचनात्मक र प्रणालीगत समस्याको हल पुरानै संवर्द्धनवाद, यथास्थितिवादी र दाहिने वा देब्रे लोकरिझ्याइँको राजनीतिले गर्नै सक्दैन । यसै सन्दर्भमा अहिले युग सुहाउँदो, देशको धरातलीय यथार्थ सुहाउँदो अग्रगामी राजनीतिक विचार, शक्ति र दलको निर्माण, पुनर्गठन र ध्रुवीकरणको प्रश्न प्रखर बनेर आएको छ ।’

आज विश्वभर राजनीतिक रूपमा निजी स्वतन्त्रता र आर्थिक रूपमा बजार अर्थतन्त्रलाई प्रधानता दिने परम्परागत पुँजीवादी लोकतान्त्रिक पार्टीहरू राजनीतिमा समूहगत अधिकार-स्वतन्त्रता तथा अर्थतन्त्रमा राज्यको भूमिका स्वीकार गर्दै ‘समाजवाद’ तर्फ ढल्कँदै गएको पनि भट्टराईले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नयाँ समुन्नत समाजवादका यी मूलभूत मान्यताहरूको वरिपरि रहेर हामीले देशमा नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्दछ । त्यसनिम्ति विभिन्न पार्टी, समूह र व्यक्तिहरूसँग योजनाबद्ध ढंगले सहकार्य, एकता र ध्रुवीकरणको पहल गर्नुपर्दछ,’ उनले भनेका छन् ।
प्रतिवेदनको पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७