सार्कलाई सक्रिय बनाउन खोज्दैछौं, सबै देशसँग सहमति जुट्न नसकेनौं : सचिव पौडेल


०७:३३ बजे

काठमाडौँ । परराष्ट्र मन्त्रालयले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउनका लागि प्रयत्नहरू जारी राखेको जनाएको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताएका हुन् ।

आज (आइतबार) संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले सबै सदस्य राष्ट्रहरुबीच सहमति जुटाउन नसकेको कारण यसलाई सक्रिय बनाउन समस्या भइरहेको स्पष्टीकरण दिए ।

उनले भने, ‘सार्कमा हामी अध्यक्ष छौँ । तर, प्रक्रियाहरू अगाडि बढेनन् भन्ने कुराहरू छन् । यो बहुपक्षीयता र रिजनिज्लमका केही सर्टेन कन्सटेन्टहरु हुन्छन् । त्यस मध्येको एउटा के हो भने हामीले सार्क बनाउँदा सार्कको चार्टर डिफाईन गर्दा नै एउटा फण्डामेन्टल प्रिन्सिफल एग्री गर्‍यौँ । त्यो भनेको एउटा विषयमा सबै एग्री नभएसम्म कुनै पनि चिज अघि बढ्दैन ।’

उनले थपे, ‘मूलभूत रुपमा त्यही हुन नसकेर हो । सार्कमा अध्यक्ष राष्ट्रको भूमिका छुट्टै केही पनि हुँदैन । हामी त ८ वटा मध्ये एउटा मात्रै हौँ । त्यस कारणले गर्दाखेरी यसमा प्रयत्न भइराखेको छ । रिजल्ट आएको नदेखिएको हुनाले हामीलाई प्रगति नभएको जस्तो लागेको हो । यो स्वाभाविक पनि हो । मैले सार्क प्रोसेस किन अगाडि बढ्ने भन्दा चार्टरले डिफाईन गरेको त्यो प्रोसेसले गर्दा खेरी यो सक्रिय हुन नसकेको हो भन्ने कुरा यहाँहरू समक्ष राखेको हुँ ।’

सार्कमा नेपाल, भारत, भुटान, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सदस्य राष्ट्रहरू रहेका छन् । ती सबै सदस्य राष्ट्रहरूको सहमतिमा मात्रै सार्कलाई सक्रिय बनाउन सकिने परराष्ट्र सचिव पौडेलको भनाई छ बैठकमा समितिकी सभापति दिलकुमारी रावल (थापा) ले सो सार्कलाई सक्रिय बनाउन सरकारले कस्तो पहल गरिरहेको छ भनी जिज्ञासा राखेकी थिइन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७