प्रदेश–१ मा पुस २८ गते सभामुखको निर्वाचन


११:२४ बजे

मोरङ । प्रदेश–१ प्रदेश सभा सचिवालयको सभामुख र उपसभामुख चयन गर्न पुस अन्तिम साता निर्वाचन हुने भएको छ ।
प्रदेश–१ को सभामुखका निम्त्ति पुस २८ र उपसभामुखका निम्ति २९ गते निर्वाचन हुने भएको हो । संसद सचिवालयमा आइतबार बसेको सर्वदलीय बैठकले निर्वाचनबारे निर्णय गरेको जनाइएको छ ।

प्राप्त जानकारी अनुसार सभामुखको निर्वाचन कार्यतालिका पौष २६ गते सार्वजनिक हुनेछ । प्रदेश–१ मा सभामुख माओवादी केन्द्रले पाउने सहमति सत्तारूढ दलबीच भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

सभामुखमा माओवादी केन्द्रबाट ओखलढुङ्गाका बाबुराम गौतम र संखुवासभाका राजेन्द्र कार्कीले दाबी गरेको उनले जानकारी दिए । उपसभामुखमा भने अहिलेसम्म कसैको दाबी नआएको जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७