प्रदेश–१ : एमाले नेता कार्कीले ६० सांसदको समर्थनमा गरे मुख्यमन्त्रीमा दावी पेश


०७:३२ बजे

विराटनगर । प्रदेश–१ का प्रमुख परशुराम खापुङसमक्ष प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि आइतबार दाबी पेस गरेका छन् ।

कार्कीले एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरेका हुन् । कार्कीले सोमबार मुख्यमन्त्रीमा शपथ लिने जानकारी दिए । प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजेबाट सकिंदैछ । समय सकिन एक घण्टा अगाडि उनी मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको उनलाई समर्थन छ ।

प्रदेश प्रमुख खापुङले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न समय दिएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७