पब्जी विश्वकपमा नेपाली टिम उपविजेता


०७:४३ बजे

काठमाडौं । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा २०२२ मा नेपाली टिम उपविजेता बनेको छ । आइतबार इन्डोनेसियाको जाकारतामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । विजेता एसटूजीले ५ लाख ८४ हजार अमेरिकी डलर पाएका छन् भने उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ ।

फाइनल पुगेको नेपालकै अर्को टिम टिटुके भने १३ औं स्थानमा आएको छ । टिटुकेले ११२ अंक जोडेर एक लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७