हजारौंको भिड छिरेर ब्राजिलको संसद र राष्ट्रपति भवनमा तोडफोड


२५ पुष २०७९, सोमबार
Brazil Protest 1024x683 1

काठमाडौं । ब्राजिलमा निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूले उग्रप्रदर्शन गरेका छन् । राजधानी ब्रासिलियामा भेला भएका हजारौं समर्थकहरूले सुरक्षाकर्मीको घेरो तोड्दै संसद भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेका हुन् ।

हरियो र पहेलो रंगको पोशाकमा उत्रेका बोल्सोनारोका समर्थकहरूले हालै निर्वाचित लुइज इनासियो लुला डा. सिल्भाले चुनावमा धाँधली गरेको आरोप लगाउँदै निर्वाचन परिणाम मान्न तयार नभएको बताएका छन् ।

ब्राजिलमा गत अक्टोबर ३० मा भएको निर्वाचनमा दक्षिणपन्थी बहालवाला राष्ट्रपति बोल्सोनारोलाई हराउँदै वामपन्थी लुला तेस्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएका थिए । बोल्सोनारोले हालसम्म चुनावको परिणाम स्वीकार गरेका छैनन् । प्रदर्शनकारीले निषेधित क्षेत्रमा प्रहरीको घेरा तोड्दै देशका संवेदनशील क्षेत्रमा धावा बोलेका छन् । प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी गर्नुका साथै सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएका छन् ।

ब्राजिलमा भएको यस प्रदर्शनलाई अमेरिकामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको क्यापिटल भवनमा गरेको प्रदर्शनकै नक्कलको रूपमा हेरिएको छ । चुनावमा पराजित बोल्सोनारो भने अमेरिका पलायन भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७