नाइजेरियामा ३२ जना सर्वसाधारण अपहरित


०७:४३ बजे

काठमाडौं । नाइजेरियामा सशस्त्र बन्दुकधारी समूहले एक रेलवे स्टेशनमा आक्रमण गरी ३२ जनाको अपहरण गरेको छ ।
नाइजेरियाको दक्षिणी प्रान्तको अनम्बरा प्रान्तको इकिमी रेलवे स्टेशनमा प्रवेश गरेका बन्दुकधारी समूहले रेलको प्रतीक्षामा रहेकाहरु मध्येबाट ३२ जनाको अपहरण गरेको हो । यसैबीच नाइजेरियाको सेना र प्रहरीले अपहरणमा परेकाहरुको खोजी कार्य तीब्र बनाएको छ ।

अत्याधुनिक हातहतियारसहित कारमा आएका बन्दुकधारीहरुले रेलवे स्टेशनमा कयौं राउण्ड हवाई फायर गरेपछि ३२ जनालाई साथमा लगेर भागेका हुन् । घटनामा नाइजेरियाको विद्रोही समूह बोको हरामको संलग्नता रहेका आशंका गरिएको छ । यद्दपी बोको हरामले भने यो घटनाको जिम्मेवारी लिएको छैन । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७