संसदमा रवि लामिछानेको पहिलो सम्वोधन : हामी जनमतलाई कदर गर्दै सरकारमा गएका हौं


०७:५० बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जनमतको कदर गर्दै आफूहरु सरकारमा गएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकलाई पहिलो पटक सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले सँधै सरकारको प्रतिपक्षी भएर आवाज उठाउनेले सरकारमा जान हतारो गरेको प्रश्न आफूहरूलाई भए पनि जनमतको कदर गर्दै सरकारमा गएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘नेपालको राजनीतिक इतिहासमा एक पार्टीको उदय ठूलो कुरा होइन होला । तर हामीले छोटो अवधिमै यो साथ र सहयोग पाएका छाैं यो हाम्रो लागि ठूलो कुरा हो । हामी सँधै खरो प्रतिपक्षीको कुरा गथ्र्यौ तर मौका पाउने बित्तिकै सरकारमा गएको भन्ने प्रश्न पनि उठेको छ । यो स्वभाविक हो । तर हामीले जनमतलाई कदर गरेका हौं । जनताले हामीलाई दिएको यो आशाको मत हो । यो मतको सही सदुपयोग गर्न हामी सरकारमा गएका हौं ।’

लामिछानेले आम जनताका न्यूनतम आवश्यकता पूरा गर्न निर्मम भएर लाग्ने बताए । उनले भने, ‘यो जनताले दिएको मत अनुसार साझा कार्यक्रम बनाएर हामी सरकारमा गएका हौं । हामी जनताका आवश्यकता पूरा गर्न सरकारमा छौं । न्यूनतम साझा कार्यक्रमले जनताका पक्षमा खरो भएर काम गर्नेछ ।’ संसदमा उपस्थित हुने अवसर दिलाउने मतदातालाई धन्यवाद दिँदै लामिछानेले विगतमा संसदले गरेका कामको पनि समीक्षा हुनुपर्ने बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७