बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल


११:५३ बजे

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

जम्मकट्टेलले माओवादीका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी ७० प्रदेश सांसदको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । यस प्रदेशमा सरकार गठनका लागी ५६ सांसद आवश्यक पर्छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७