निषेधको राजनीति अन्त्य हुनुपर्छ : अध्यक्ष लिङ्देन


२५ पुष २०७९, सोमबार
rajendra lingden

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताएका छन् । संघीय संसद्को अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्वीकार्नु पर्ने बताएका छन् ।

जनमतले कुनै पनि एक दल मात्र अघि बढ्न सक्ने म्यान्डेट नदिएकाले वर्तमान सरकारलाई राप्रपाले समर्थन गरेको उनको भनाइ छ । देशलाई शीरमा राखेर मुलुकको सबै समस्या समाधान गर्नुपर्ने बताउँदै उनले यसमा राप्रपा तयार रहेको र सरकारलाई सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७